Rumpum Advertisement
Dazzu

प्रदेश २ मा छठपर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा

प्रदेश २ मा छठपर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा

सर्लाही, ५ मंसिर । छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि (शनिबार) सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश नं २ सरकारले मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले आज सूचना जारी गर्दै लोकआस्थाको पर्व छठका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

साथै कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिलसमेत गरेको छ ।

यसैबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ हर्षोलासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका हुन् ।

विज्ञप्तिमार्फत उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिन षष्ठी र सप्तमी तिथिमा बिदा दिने गरेको र यस वर्ष पनि दुई दिन शुक्रबार र शनिबार सार्वजनिक बिदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ