Rumpum Advertisement
Dazzu

‘बार्सिलोनामा मेस्सीको अन्तिम सिजन’

‘बार्सिलोनामा मेस्सीको अन्तिम सिजन’

विराटनगर, ५ मंंसिर । ब्राजिलियन लिजेन्ड रिभाल्डोले बार्सिलोनाको नयाँ बोर्डले क्लब छोड्ने मनसाय बनाएका लियोनल मेस्सीलाई सम्झाउन नसक्ने बताएका छन् ।

यसै सिजनको अन्त्यमा क्याप नोउ छोड्न चाहेका अर्जेन्टिनी स्टार मेस्सीलाई बार्सिलोनाको नयाँ बोर्डले विश्वास दिलाउन नसक्ने रिभाल्डोको भनाइ छ । बार्सिलोनाका पूर्वफरवार्ड रिभाल्डोले क्याप नोउमा मेस्सीको यो नै अन्तिम सिजन हुनसक्ने पनि आँकलन गरेका छन् ।

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी यसअघि नै स्पेन छोड्ने मनसायमा थिए । तर, बार्सिलोनाको पूर्वबोर्डले उनलाई फ्री-ट्रान्सफरमा क्लबबाट उम्किन दिएन । पछि उनले आफ्नो मनसाय बदले र बार्सिलोनाबाट खेलिरहेका छन् ।

पुनः क्लबसँग असन्तुष्ट रहेका उनलाई अनुबन्ध गर्ने दाउमा इंग्लिस क्लब म्यानचेस्टर सिटी रहेको बताइएको छ ।

बार्सिलोनाले यस सिजन घरेलु वा युरोपियन ट्रफी जितेको खण्डमा मेस्सीको मनसाय फेरिने रिभाल्डो बताउँछन् ।

‘मेस्सी र बार्सिलोनाबीचको सम्झौता नवीकरणमा कठिनाइ देखिएको छ । मलाई लाग्छ मेस्सीले तबल बढेमा बार्सिलोनामै बस्ने मनसाय बनाउँछन् । हुनत मेस्सीलाई अरु क्लबबाट उत्कृष्ट अफरहरू आएका छन्’, रिभाल्डोले बेटफेयरको कोलममा लेखेका छन् ।

‘मलाई लाग्दैन कि बार्सिलोनाको नयाँ बोर्डले उनलाई सम्झाउन सक्छ वा मेस्सीको क्लब छोड्ने निर्णय फिर्ता गराउन सक्छ । मेरो विचारमा बार्सिलोनाले ला लिगा वा च्याम्पियन्स लिग जितेमा मेस्सीको मनसाय फरिन सक्छ । अथवा, तलब बढेमा उनीसँग नयाँ सम्झौता हुनसक्छ अन्यथा मेस्सीको यो नै बार्सिलोनामा अन्तिम सिजन हुनसक्छ,’ उनले थपे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ