Rumpum Advertisement

रामोसले इन्टरसँगको खेल गुमाउने

रामोसले इन्टरसँगको खेल गुमाउने

विराटनगर, ५ मंसिर । स्पेनिस डिफेन्डर सर्जियो रामोसले चोट बोकेका छन् । बिहीबार रियल मड्रिडले आफ्ना कप्तान रामोसमाथि ह्याम्स्ट्रिङको समस्याका आइपरेको जनाएको छ ।

गत मंगलबार राति जर्मनीसँगको खेलका क्रममा रामोस घाइते भएका हुन् । स्पेनले जर्मनीमाथि ६–० गोलको फराकिलो जित दर्ता गरेको थियो ।

सो खेलको ४३औं मिनेटमा रामोस घाइते भएपछि स्पेनका प्रशिक्षक लुइस इनरिकले उनको स्थानमा इरिक गार्सियालाई मैदान प्रवेश गराएका थिए ।

खेलपछि पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रशिक्षक इनरिकले ३४ वर्षीय रामोसको चोट सामान्य नै रहेको जनाएका थिए ।

बार्सिलोनाका पूर्वप्रशिक्षक इनरिकले भने, ‘रामोसले जर्मनीविरुद्ध राम्रो प्रदर्शन गरे । दुर्भाग्यबस उनले चोट बोके । ह्याम्स्ट्रिङको समस्याका कारण उनले मैदान छोडे तर उनले लामो समय मैदानबाहिर बस्नुपर्ने छैन ।’

रियलले भने चोटका कारण रामोसले आगामी तीन खेल गुमाउने जनाएको छ । रामोसले ला लिगाअन्तर्गत भिल्लारियलसँगको खेल, च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको खेल र ला लिगामै अल्भेससँगको खेल गुमाउनेछन् ।

च्याम्पियन्स लिगअन्तर्गत शख्तर डोनेस्कसँगको खेलबाट भने रामोस मैदान उत्रिन सक्ने रियलको अपेक्षा छ । शख्तरसँगको खेल १ डिसेम्बरमा युक्रेनमा हुनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ