Rumpum Advertisement

भारतमा ९० लाख बढीलाई संक्रमण

भारतमा ९० लाख बढीलाई संक्रमण

विराटनगर, ५ मंसिर । छिमेकी मुलुक भारतमा हालसम्म ९० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार एक सय ८२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या भारतमा ९० लाख चार हजार तीन सय २५ पुगेको हो । कोरोनाका कारण भारतमा हालसम्म एक लाख ३२ हजार दुई सय दुई जनाले ज्यान गुमाएका छन् । एकै दिन पाँच सय ८४ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ८४ लाख २७ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ४५ हजार एक सय सात जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एकै दिन एक लाख ७९ हजार सात सय ६५ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या एक करोड २० लाख ५६ हजार चार सय ४० पुगेको छ । कोरोनाका कारण दुई लाख ५८ हजार दुई सय २९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार नौ सय ६० जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ७२ लाख २५ हजार पाँच सय ४८ जना उपचारपछि घर फर्किएका छन् । ४५ लाख ७२ हजार छ सय ६३ जना उपचाररत रहेकोमा २२ हजार एक सय ९५ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५९ लाख ८१ हजार सात सय ६७ पुगेको छ । एकै दिन ३४ हजार तीन सय ६४ जना संक्रमित थपिए । कोरोनाका कारण एक लाख ६८ हजार ६१ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा २४ घण्टाभित्र पाँच सय ६४ जना संक्रमितको मृत्यु भयो ।

संक्रमितमध्ये ५४ लाख सात हजार चार सय ९८ जनाको उपचार सफल भएको छ । चार लाख छ हजार दुई सय आठ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख तीन हजार छ सय २३ पुगेको छ । एकै दिन छ लाख ३० हजार ५३ जना नयाँ संक्रमित थपिए । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ६४ हजार छ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार पाँच सय ४८ जना संक्रमितको मृत्यु भयो ।

संक्रमितमध्ये तीन करोड ९६ लाख ९४ हजार सात सय ५७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ६१ लाख ४४ हजार दुई सय सात जना उपचाररत रहेकोमा एक लाख एक हजार पाँच सय २० जनाको अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ