Rumpum Advertisement
Dazzu

प्रदेश एकमा सक्रिय संक्रमितको संख्या ४६ सय ४५

प्रदेश एकमा सक्रिय संक्रमितको संख्या ४६ सय ४५

विराटनगर, ४ मंसिर । प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ७३४ पुगेको छ । बिहीबार थप २१८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २४ हजार ७३४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ४६ सय ४५ रहेको छ । जसमध्ये १८ सय १६ महिला र २८ सय २९ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या मोरङमा सबैभन्दा बढी रहेको छ । मोरङमा १८ सय ७५ जना संक्रमित उपचाररत छन् ।

मोरङमा ११ हजार ३८७ जनामा कोरोना पुष्टि भएको छ, जसमध्ये ९ हजार ४१३ जना निको भएर घर फर्किएका छन् । यस्तै मोरङमा ९९ जनाको मृत्यु भइसकेको छ ।

७ हजार ८०२ जना संक्रमित भेटिएको सुनसरीमा १२ सय २३ सक्रिय संक्रमित छन् । यस्तै सुनसरीमा ६ हजार ४७९ जना डिस्चार्ज भएका छन् भने १०० जनाको मृत्यु भएको छ ।

झापामा ३२ सय ९५ मा कोरोना पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ९३७ रहेको छ । झापामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ भने २३ सय जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ