Rumpum Advertisement
Dazzu

मोटरसाइकल चोरी गरेर घरमा लुकाउने दुईजना पक्राउ

मोटरसाइकल चोरी गरेर घरमा लुकाउने दुईजना पक्राउ

इटहरी, ४ मंसिर । प्रहरीले मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका- ४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारी रहेका छन् ।

को१८प ८५३६ र को७प ९६२५ नम्बरको मोटरसाइकल चोरी गरी आफ्नै घरभित्र लुकाईछिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीले विकासलाई पक्राउ गरेकाे हो ।

इटहरीबाट खटिइएको प्रहरी टोलीले उक्त स्थानबाट विकास र उनकै साथी विवेकलाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ