Rumpum Advertisement
Dazzu

‘मेस्सीलाई एथ्लेटिको मड्रिडमा स्थान छैन’

‘मेस्सीलाई एथ्लेटिको मड्रिडमा स्थान छैन’

विराटनगर, ४ मंसिर । एथ्लेटिको मड्रिडका अध्यक्ष इनरिक केरेजोले अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई एथ्लेटिको स्थान नभएको स्पष्ट पारेका छन् ।

यसै समर ट्रान्सफरमा बार्सिलोनाबाट लुइस स्वारेज भित्र्याएका केरेजोले स्वारेजका पूर्वसहकर्मी मेस्सीलाई एथ्लेटिकोमा ठाउँ नभएको बताएका हुन् ।

बार्सिलोनासँग पटक–पटक असन्तुष्ट देखिएका ३३ वर्षीय स्टार मेस्सीले क्लब छोड्ने चर्चा चलिरहेको छ ।

यस्तैमा सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी पूर्वसहकर्मी स्वारेजसँग एकसाथ खेल्ने लक्ष्यका साथ एथ्लेटिको आउनसक्ने चर्चा छ ।

तर, एथ्लेटिको अध्यक्ष केरेजोले भने मेस्सीका लागि क्लबमा ठाउँ नभएको बताएका छन् । ‘क्याडेनाएसईआर’ सँगको अन्तर्वार्तामा उनले भनेका छन् ।

‘मेस्सीलाई एथ्लेटिकोमा स्थान छैन किनकि उनी हामीसँग रजिस्टर्ड भएका छैनन् । उनी बार्सिलोनाका एक खेलाडी हुन् र उनी धेरै समस्याले बेरिएका छन् । जसबाट उनी मुक्त हुन सकिरहेका छैनन् । बार्सिलोनाले उनलाई क्लब छोड्न दिएको छैन । अहिले हामी आफूसँग भएका खेलाडीबाटै खुशी छौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ