Rumpum Advertisement

इटहरीबाट तीन लाख बढी रकमसहित ९ जुवाडे पक्राउ

इटहरीबाट तीन लाख बढी रकमसहित ९ जुवाडे पक्राउ

इटहरी, ४ मंसिर । सुनसरीको इटहरीबाट नौजना जुवाडेलाई प्रहरीले जुवाखालबाटै पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार इटहरी उपमहानगरपालिका-९ बाट जुवाखालमा जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो ।

इटहरीको ९ नम्बर वडास्थित दक्षिणकाली टोलका फूलबाबु साहको घरमा जुवाजन्य तास खेल्ने–खेलाउने कार्यमा संलग्न ९ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले जुवाडेहरूलाई नियन्त्रणमा लिई तास खेलको खालबाट विभिन्न दरका नगद दुई लाख ९६ हजार १६१ रुपैयाँ र विभिन्न दरका भारतीय नोट तीन हजार १९०, नेपाली दर नगद ५ हजार १०४ रुपैयाँ गरी जम्मा ३ लाख १ हजार २७५ रुपैयाँ र खेल्दै गरेको ताससहित ९ जनालाई नै पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तास खेल्दै गर्दा पक्राउ पर्नेहरूमा इटहरी उमपना वडा न. ८ का ३८ वर्षीय राजकुमार साह, फूलबाबु साह, अशोक गोस्वामी, सरोज चौधरी, वीरेन्द्र साह, राजकुमार साह, सन्तोष राय, दीपनारायण साह, सैनी साह रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ