Rumpum Advertisement
Dazzu

व्यस्त रहने पुरुषका लागि सजिलै तौल घटाउने उपाय

व्यस्त रहने पुरुषका लागि सजिलै तौल घटाउने उपाय

विराटनगर, ४ मंसिर । पुरुष होस् वा महिला तौल कम गर्नु कसैको लागि पनि सजिलो हुने कुरा होइन । इन्टरनेटमा उपलब्ध सबै तौल घटाउने सल्लाह धेरैजसो महिलाका लागि मात्र लक्षित हुने गर्छ ।

तर, उच्च टेस्टोस्टेरोनको उपस्थितिको कारण महिलाको तुलनामा पुरुषहरूले छिटो तौल घटाउन सक्छन् । घर र कामको जिम्मेवारीका कारण व्यायामका लागि समय निकाल्न गाह्रो हुन सक्छ । तर, कामको बीचमा समेत हल्का व्यायाम गर्न सकिन्छ ।

लिफ्टको सट्टा सिँढीको प्रयोग, दिनको ३ देखि ४ पटक १५ मिनेटका लागि हिँड्ने गर्न सकिन्छ । बिहान खाजापछि, बेलुकाको खानापछि र एक पटक कामको बीचमा केही समय हिँड्न सकिन्छ ।

दिनभरिको भागदौडबाट थाकेका, सबै आफ्नो परिवार र प्रियजनरूसँग केही समयको बिताउन चाहन्छन् । यस पटक केही फिटनेस गतिविधिको लागि अधिकतम समय निकाल्ने सोच बनाउन सकिन्छ ।

साथीहरूसँग दौडमा जान वा साइकलिङ जान सकिन्छ । साथी र परिवारका साथ सप्ताअन्तमा खेकिने खेलहरू दुवै शरीर र आत्माका लागि उत्साहजनक गतिविधि हुन सक्छन् ।

राम्रोसँग ननिदाउँदा माइग्रेन, ब्याकपेन र तौल बढ्ने जस्ता स्वास्थ्य समस्या हुन सक्छ । अध्ययनका अनुसार राम्रोसँग निन्द्रा नपुगेका व्यक्तिले प्राय: धेरै खाने गर्छन्, जुन तौल बढ्नुको एक मुख्य कारण हो ।

प्रत्येक दिन ६ देखि ८ घण्टा पर्याप्त निन्द्रा पुग्नेगरी सुत्नुपर्छ । २५ देखि ३५ वर्ष उमेरका पुरुषहरूमा तनावका कारण तौल बढ्नु सामान्य हो ।

त्यसैले आफूलाई समय दिएर सबै चिजबाट तनाब हटाउनका लागि सानो छुट्टीमा घुम्न जान सकिन्छ । प्रोटिन कुनै पनि तौल घटाउने योजनाको महत्त्वपूर्ण अंश हो ।

प्रोटिनले भोकलाई दबाउने, मेटाबोलिज्म बढाउने तथा दुबै मांसपेशीय टिशूहरू निर्माण र मर्मत गर्न सहयोग गर्छ ।

कुखुराको मासु, अण्डा, टर्की, केही माछा वा प्लान्ट-आधारित प्रोटिन पाउडर केही राम्रो प्रोटिनका स्रोत हुन् ।

यथार्थवादी लक्ष्य सेट गरी धेरै क्यालोरी भएको खानाको सेवन गर्नु हुँदैन । रक्सी र जंक फूडलाई त्याग्नुहोस् ।

चिप्स, पपकर्न, फ्राइड खानालाई नट्स र अन्य स्वस्थ खानाको साथ बदल्नुहोस् ।

खानालाई साना अंशहरूमा विभाजन गर्नुहोस् । दिनको ३ पटक धेरै खानुको सट्टामा ५ पटक थोरै थोरै खान सकिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ