Rumpum Advertisement

ग्वार्डीओलाले सिटीसँग थप दुई वर्ष सम्झौता लम्ब्याए

ग्वार्डीओलाले सिटीसँग थप दुई वर्ष सम्झौता लम्ब्याए

विराटनगर, ४ मंसिर । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबसँगको सम्झौता लम्ब्याएका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले सिटीसँगको सम्झौता थप दुई वर्ष लम्ब्याएका हुन् ।

अब, उनी २०२३ सम्म सिटीमै रहने भएका छन् । उनी सन् २०१६ बायर्न म्युनिखबाट सिटी आएका हुन् । त्यसअघि उनी बार्सिलोनामा थिए ।

सिटी आएयता उनले क्लबलाई आठ ठूला ट्रफी जिताएका छन् । जसमध्ये दुई वटा प्रिमियर लिग पनि हुन् । २४५ वटा खेल खेलाउँदा उनले १८१ वटा खेलमा जित निकालेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ