Rumpum Advertisement

न्यूरोमा बालबालिकाका लागि पाँच दिन ओपीडी निःशुल्क

न्यूरोमा बालबालिकाका लागि पाँच दिन ओपीडी निःशुल्क

विराटनगर, ४ मंसिर । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी हस्पिटलले विशेष छुट योजना ल्याएको छ ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा पारेर हस्पिटलले बिहीबारदेखि लागू हुनेगरी पाँच दिन छुट योजना ल्याएको हो ।

मंसिर ४ देखि ८ गतेसम्म अस्पतालमा उपचारका लागि आउने बालबालिकाहरूको लागि विशेष छुट योजना ल्याएको अस्पतालका अस्पताल निर्देशक रञ्जितराज बस्नेतले बताए ।

उनका अनुसार पाँच दिनसम्म अस्पताल आउने बालबालिकाले ओपीडी सेवा निःशुल्क पाउनेछन् ।

अस्पताल आएका बालबालिकाहरूको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परेको खण्डमा ५० प्रतिशतसम्म छुट रहेको छ ।

अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहले स्वास्थ्य परीक्षण गरेपछि ल्याबमा परीक्षण गरिनुपर्ने सिफारिस गरेमा बिरामीलाई ५० प्रतिशतसम्म छुट रहेको जनाए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ