Rumpum Advertisement
Dazzu

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ

काठमाडौं, ४ मंसिर । टिकटक मार्फत चर्चामा आएकी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले सडकमा दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए ।

सफिलले मोटरसाइकल चलाएका थिए भने पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गर्दै भिडियो खिचेका थिए ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले सडकमा हिडिरहेकी निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ