Rumpum Advertisement
Dazzu

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उद्योगी राउत निर्विरोध

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उद्योगी राउत निर्विरोध

विराटनगर, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका हुन ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका सन्दिप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

महासंघमा सात प्रदेशका लागि एक–एक वटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट वर्तमान उपाध्यक्ष राउत निर्विरोध निर्वाचित भएका हुन । दुबै जनाले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको समूहका हुन ।

को हुन राउत ?

२१ वर्षको उमेरमा सन् १९८५ मा तत्कालिन सांग्रिला इन्टरनेशनल एपारल्समा प्रवन्ध निर्देशकका रुपमा व्यवसायीक क्षेत्रमा पाइला शुरु गरेका राउत दर्जनौं उद्योग व्यवसायमा संलग्न छन् । विकास निर्माण र उत्पादनमूलक उद्योगमा उनको लगानी छ ।

नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको कार्य समिति सदस्य हुंदै वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष हुन ।

राउतले विराट गोल्डकप फूटबल प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन २ पटक नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

विराटनगरमा रहेर राउतले मोरङ सुनसरी, उदयपुर, मकवानपुरलगायत जिल्लाहरुमा व्यवसाय गर्दै आएका छन् ।

उनले गार्मेन्ट, चुनढुंगा खानी, सिमेन्ट उद्योग, जुत्ता चप्पल उद्योग, हेवी इक्यूमेन्ट र स्पेयर पार्टस, गाडी, टायर, पेट्रोलियम पदार्थको व्यावसाय गर्दै आएका छन् । उनी पाँचतारे होटल र स्टील उद्योग सञ्चालनको तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ