Rumpum Advertisement
Dazzu

भारतीय दूधुवा नेशनल पार्कमा नेपाली नागरिकको हत्या

भारतीय दूधुवा नेशनल पार्कमा नेपाली नागरिकको हत्या

कञ्चनपुर, ४ मंसिर । कञ्चनपुरसँग सीमा जोडिएको भारतीय दूधुवा नेशनल पार्कमा एक जना नेपाली नागरिकको हत्या भएको छ । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका-७ उदरीका ३५ वर्षीय शिवलाल रानाको हत्या भएको बताइएको छ ।

बुधवार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताए पनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।

घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मी घटनास्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ