Rumpum Advertisement
Dazzu

प्रदेशमा २१८ संक्रमित थपिए, होम आइसोलेशनबाट ५४० जना डिस्चार्ज

प्रदेशमा २१८ संक्रमित थपिए, होम आइसोलेशनबाट ५४० जना डिस्चार्ज

विराटनगर, ४ मंसिर । प्रदेश १ मा थप २१८ जनामा कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २४ हजार ७३४ पुगेको छ ।

मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैँचा, रतुवामाई, बूढीगंगा, मिक्लाजुङ र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहवी, भोक्राहानरसिंहमा २–२ र बराहक्षेत्रमा १ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ११, विर्तामोडमा ७, मेचीनगर र झापा गाउँपालिकमा ५–५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, हल्दिबारीमा ३, कनकाईमा २, गौरादह, शिवसताक्षी र अर्जुनधारामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पाँचथरको फिदिममा ११, संखुवासभाको खाँदबारीमा ४, इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् ।

होम आइसोलेशनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ