Rumpum Advertisement
Dazzu

खर्च गर्ने क्षमतामा कोरोनाको प्रभाव : मंहगा शहरको सूचीबाट तल झर्‍यो सिंगापुर र ओसाका

खर्च गर्ने क्षमतामा कोरोनाको प्रभाव : मंहगा शहरको सूचीबाट तल झर्‍यो सिंगापुर र ओसाका

विराटनगर, ४ मंसिर । इकोनमिष्ट इन्टेलिजेन्स युनिट (ईईयु) को रिर्पोटअनुसार हङकङ, जुरिच र पेसिस संसारको सबैभन्दा महंगा शहरको श्रेणीमा पर्छन् । मानिसको आम्दानी र क्रय शक्ति (खर्च गर्नसक्ने क्षमता) को आधारमा यस्ता मंहगा शहरहरूको श्रेणीमा सूचिकृत गरिन्छ ।

गतवर्ष हङकङको बराबरीमा रहेको सिंगापुर र ओसाका यस वर्षको श्रेणीमा तल झरेका छन् । ईईयुका अनुसार कोभिड १९ कारण वैदेशिक रोजगारमा आएका धेरै कामदारले शहर छोडेर गएका छन् । दक्ष कामदारको अभावको असर उत्पादनमा भएको छ । जसले गर्दा लागत बढाउने र मानिसको खर्च गर्नसक्ने क्षमता ह्रास गराएको छ ।

विगतका वर्षहरूमा प्रायः एशियाली शहरमा खर्च गर्नसक्ने क्षमता बढी थियो । तर महामारीका कारणले केही शहरहरू पछि परेका ईईयुका प्रमुख उपासना दत्तले बताइन् ।

थाइल्याण्डको राजधानी बैंकक पनि विश्वको २०औं महगों शहरको सूचीमा थियो । तर अहिले ४६ स्थानमा झरेको छ । अमेरिका र चीनबीच उत्पन्न भएको तनावले विश्व अर्थतन्त्रमा समेत नराम्रो प्रभाव पारिरहेको छ ।

व्यापारमा गरिएको विविध प्रतिबन्धले लागतमा वृद्धि भएको छ, जसको कारणले मूल्यवृद्धिको असर विकासित देशहरूमा समेत देखिन थालेको बताइएको छ । ठूला देशबीचको शीत युद्धका कारण चीनका धेरै शहर महंगा शहरको सूचीमा आउन थालेका छन् ।

गत वर्षदेखि अमेरिका, अफ्रिका र पूर्वी युरोपमा भएका केही शहरको मूल्यमा गिरावट आएको छ भने केही पश्चिमी युरोपको शहरमा मूल्य वृद्धि भएको छ ।

गत वर्ष गरिएको सर्वेक्षणअनुसार दश वटा महँगा शहरमध्ये ज्युरिच र पेरिस दुवै पहलो श्रेणीमा आएको थियो । यो वर्ष भने जुरिच सातौं र जेनेभा नवौं स्थानमा छन् ।

ईईयुले क्रय शक्तिको आधारमा गत सेप्टेम्बर महिनामा १३० वटा ठूला शहरहरूमा १३८ वटा वस्तु र सेवाहरूको तुलनात्मक अध्ययन गरेको थियो ।

यसरी गरिएको सर्वेक्षणमा सबै वस्तुको मूल्य एक समान देखिएको थियो भने आवश्यक वस्तुहरू अन्य वस्तुको तुलनामा मजबुत देखिएका थिए ।

दैनिक जीवनमा आवश्यक पर्ने सामानको अभाव हुनाले पनि मूल्यमा ठूलो परिवर्तन आएको बताइएको छ ।