Rumpum Advertisement
Dazzu

दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई दुई हजार रुपैयाँ जरिवाना

दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई दुई हजार रुपैयाँ जरिवाना

विराटनगर, ४ मंसिर । दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अब मास्क नलगाउने व्यक्तिले दुई हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

पहिले दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना लिने गरिएको थियो । तर, संक्रमण थप बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरिवालले बिहीबार दिल्लीमा मास्क नलगाएकालाई दुई हजार रुपैयाँ जरिवाना गरिने बताएका छन् ।

खबरका अनुसार केजरिवालले उपराज्यपाल अनिल बैजलसँग यसबारे छलफल गरेका हुन् ।

साथै, केजरीवालले विपक्षी दलहरूसँग कोरोनाको समयमा राजनीति नगर्न र दिल्लीवासीलाई घरमै बसेर छठ पर्व मनाउन आग्रह गरेका छन् ।

सार्वजनिक स्थानमा छठ पूजा आयोजना गर्ने सम्बन्धमा केजरिवालले एक संक्रमितका कारण सबै व्यक्ति कोरोना संक्रमित हुनसक्ने हुँदा सावधान रहनुपर्ने बताए ।

‘यदि कोही कोरोना संक्रमित छठको घाटमा जान्छ भने सबै व्यक्ति पानीबाट संक्रमित हुन सक्छन्,’ उनले भनेका छन् ।

यसअघि दिल्लीमा विवाहका लागि दिइएको छुट फिर्ता लिइएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ