Rumpum Advertisement
Dazzu

थप १७ जनाले कोरोनाका कारण ज्यान गुमाए

थप १७ जनाले कोरोनाका कारण ज्यान गुमाए

विराटनगर, ४ मंसिर । नेपालमा बिहीबार थप १७ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट ज्यान गएको हो ।

यससँगै मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको जनाएको छ ।

नेपालमा बिहीबार थप २१ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ५८ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ८५ हजार ६३८ पुगेको छ ।