Rumpum Advertisement
Dazzu

बिहीबार थप २१ सय ३ जनामा कोरोना संक्रमण देखियो

बिहीबार थप २१ सय ३ जनामा कोरोना संक्रमण देखियो

विराटनगर, ४ मंसिर । नेपालमा बिहीबार थप २१ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयाेगशालामा ९ हजार ८०५ जनाको परीक्षण गर्दा थप २१ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ५८ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ८५ हजार ६३८ पुगेको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ । बिहीबार थप १७ जनाको कोरोनाका कारण ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ