Rumpum Advertisement
Dazzu

स्वारेजको दोस्रो कोरोना रिपोर्ट पनि ‘पोजटिभ’ : बार्सिलोनासँगको खेल गुमाउने

स्वारेजको दोस्रो कोरोना रिपोर्ट पनि ‘पोजटिभ’ : बार्सिलोनासँगको खेल गुमाउने

विराटनगर, ४ मंसिर । स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेजको कोरोना भाइरसको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । बुधबार गरिएको दोस्रो पटकको परीक्षणमा स्वारेजको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

उरुग्वेका फरवार्ड स्वारेजलाई विश्वकप छनौट खेलका क्रममा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि उनले ब्राजिलसँगको खेल गुमाएका थिए ।

सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत उरुग्वेले ब्राजिलसँग २–० गोलको पराजय ब्यहोरेको थियो ।

हिजो गरिएको दोस्रो परीक्षणमा स्वारेजकाे रिपोर्ट पोजेटिभ आएको एथ्लेटिकोले जनाएको छ ।

यससँगै उनले ला लिगाअन्तर्गत पूर्वक्लब बार्सिलोनासँगको खेल गुमाउनेछन् । एथ्लेटिकोले शनिबार राति बार्सिलोनालाई आफ्नो मैदानमा आतिथ्यता प्रदान गर्दैछ । स्वारेज यसै समर ट्रान्सफरमा बार्सिलोनाबाट एथ्लेटिको आएका हुन् ।

ला लिगामा एथ्लेटिको १७ अंकसहित तेस्रो स्थानमा छ भने बार्सिलोना ११अंकका सात आठाैं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ