Rumpum Advertisement
Dazzu

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

काठमाडौ, ४ मंसिर । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सातवटा भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सातवटा भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको हो ।

बिहीबार रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोगस्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो । रेडक्रसले सातवटै प्रदेशलाई एकएकवटा वितरण गर्ने गरी सातवटा भेन्टिलेटर उपलब्ध गराएको हो ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताए । यस्तै उपलब्ध भेन्टिलेटरहरु सातवटै प्रदेशका सबैभन्दा धेरै बिरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिबद्धतासमेत मन्त्री ढकालले व्यक्त गरे ।

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटरमध्ये एउटा भेन्टिलेटर बागमती प्रदेशअन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सयवटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ