Rumpum Advertisement
Dazzu

जाडोमा जोर्नी र हड्डीलाई स्वस्थ र बलियो राख्ने टिप्स

जाडोमा जोर्नी र हड्डीलाई स्वस्थ र बलियो राख्ने टिप्स

विराटनगर, ४ मंसिर । जाडोको मौसम सुरु भइसकेको छ ।

अधिकांश मानिसलाई गर्मीभन्दा पनि जाडोको मौसम मनपर्ने हुन्छ । तर, जोर्नी दुखाइ वा हड्डीको समस्या भएका मानिसका लागि यो गाह्रो मौसम हुन सक्छ । जाडो समयमा धेरै बिरामीले जोर्नीमा सामान्यभन्दा बढी दुखाइ हुने अनुभव गर्छन् । जाडोको समयमा वायुमण्डलीय दबाव कम हुन्छ । यसले जोर्नीको हावाको चापमा परिवर्तन ल्याउन सक्छ, जसले गर्दा जोर्नीविरूद्धको दबाब बढ्न गई दुखाइ बढ्न सक्छ ।

कम तापक्रमले जोर्नीभित्र हुने तरल पदार्थलाई पनि गाढा बनाउन सक्छ, जसकारण जोर्नी कडा हुन सक्छ । चिसो तापक्रमले पीडा रिसेप्टर्स बढी संवेदनशील हुन्छन् जसले मानिसलाई अधिक दुखाइ महसुस गराउन सक्छ । केही मानिस जाडोको समयमा कम सक्रिय हुन्छन्, घरभित्र बस्न र अधिक आसिन जीवन बिताउन छनौट गर्छन् । निष्क्रियताको अभावले जोर्नीहरू कडा हुन सक्छ जसकारण पीडा हुन सक्छ ।

जाडो सुरु हुनेबित्तिकै हड्डी र जोडीहरूलाई स्वस्थ राख्न वा कम पीडाका लागि केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । शारीरिकरूपमा सक्रिय रहने तथा नियमित व्यायाम गर्नाले रक्त सञ्चार बढाउन मद्दत गर्नुका साथै यसले शरीरलाई न्यानोसमेत राख्छ । व्यायामले हड्डी र मांसपेशीको स्वास्थ्य सुधार गर्न र जोर्नीहरूमा कडापनलाई कम गर्न मद्दत गर्छ ।

जोर्नीका लागि सजिलो व्यायामहरू छनौट गरी हड्डीमा धेरै दबाब दिनु हुँदैन । स्ट्रेचिङले दुखाइ र पीडा कम गर्न मद्दत गर्छ । उमेरअनुसार स्वस्थ आहारको सेवन गर्न महत्वपूर्ण हुन्छ जसले शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी प्रदान गर्छ । दुग्धजन्य पदार्थ, बदाम क्याल्सियमको राम्रो स्रोत हुन् । दुग्धजन्य पदार्थ, अण्डा, सिरियल भिटामिन डीको राम्रो स्रोत हो ।

तातोले पनि मांसपेसीलाई आराम दिन सक्ने हुँदा जाडोमा कपडाका धेरै तह लगाएर न्यानो रहन सकिन्छ । साथै, एक हिटिङ प्याड वा जोर्नी वा मांसपेशीमा न्यानो कम्प्रेस राख्न सकिन्छ । हरेक रात पर्याप्त निन्द्रा पुर्‍याउने प्रयास गर्नुपर्छ । सकारात्मक र उत्साहित मनोवृत्ति राख्न सक्दो प्रयास गर्नुपर्ने हुन्छ । किनभने कम तापक्रमले प्रायः मानिसहरूलाई उदास र दुखित महसुस गराउन सक्छ, जसले व्यक्तिको पीडाको गहिराइको धारणालाई असर गर्छ ।

बाथ तथा जोर्नीको समस्या हुनेहरूले रोगलाई नियन्त्रणमा राख्दा चिसो मौसममा बढ्दो पीडालाई केही हदसम्म रोक्न सकिन्छ । यदि दुखाइ दुई हप्ता वा सोभन्दा बढी बढ्दै गए वा पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूले जोर्नीमा नयाँ वा असामान्य लक्षणहरू अनुभव भएमा तुरून्त डाक्टरसँग परामर्श लिई समयमै र आवश्यक उपचार गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ