Rumpum Advertisement
Dazzu

रियल मड्रिडको पहिलो प्राथमिकतामा अलाबा

रियल मड्रिडको पहिलो प्राथमिकतामा अलाबा

विराटनगर, ४ मंसिर । स्पेनिस फुटबल क्लब रियल मड्रिडले जर्मनको क्लब बायर्न म्युनिखका भर्सटाइल खेलाडी डेभिड अलाबालाई अनुबन्ध गर्ने योजना बनाएको छ ।

स्पेनिस मिडिया ‘मार्का’का अनुसार अष्ट्रियन मिडफिल्डर अलाबालाई रियलले पहिलो प्राथमिकतामा राखेको छ ।

खबरका अनुसार रियलले लामो समयदेखि बायर्नबाट खेलिरहेका अलाबालाई आगामी समरमा फ्री–ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बनाएको छ । २८ वर्षीय अलाबा र बार्यनबीचको सम्झौता जुन २०२१ सम्मको छ ।

२०११ देखि बायर्नमा खेलिरहेका उनीमाथि रियलले इच्छा देखाएको छ । आगामी वर्ष बायर्नसँगको सम्झौता सकिएपछि रियलले उनलाई अनुबन्ध गर्ने योजना बनाएको खबरमा उल्लेख गरिएको छ ।

मार्काले बिहीबारको पत्रिकामा ‘अलाबाको एजेन्डामा रियल’ शीर्षकको समाचार प्रकाशित गर्दै स्पेनिस च्याम्पियनले अलाबालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।