Rumpum Advertisement
Dazzu

बंगलादेशबाट स्वदेश फर्कियो नेपाली टोली

बंगलादेशबाट स्वदेश फर्कियो नेपाली टोली

विराटनगर, ४ मंसिर । बंगलादेशको भूमिमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली पुरुष फुटबल टोली स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो ।

आज दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीले विमानस्थलमा स्वागत गरेका थिए । अब टोली सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहने बताइएकाे छ ।

बंगलादेश फुटबल संघको निमन्त्रणा स्वीकार गर्दै ‘मुजिब बोर्साे फिफा इन्टरनेशल फुटबल सिरिज २०२०’ अन्तर्गत दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेश गएको थियो ।

जसमा, नेपाली टोलीले पहिलो खेलमा २-० गोलको हार ब्यहाेरेकाे थियो भने दोस्रो खेलमा गाेलरहित बराबरीको नतिजा निकालेकाे थियो ।

पहिलो खेलको तुलनामा दोस्रो खेलमा निकै सुधारिएको प्रदर्शन गरेको नेपाली फुटबल टिमले लामो समयपछि ‘म्याच एक्सपोजर’ त पायो नै सँगै ६ नयाँ राष्ट्रिय फुटबल खेलाडी पनि पायाे ।

चोट र कोरोना संक्रमणका कारण पहिलो रोजाईका केही खेलाडीले बंगलादेश भ्रमण गर्ने अवसर गुमाएपछि नौ नयाँ अनुहार लिएर प्रशिक्षक बाल गोपाल महर्जन बंगलादेश उडेका थिए ।

नौमध्ये ६ खेलाडी आफ्नो नामअंकित नेपालको जर्सी पहिरएर मैदान उत्रन सफल भए ।

गोलरक्षकद्वय विशाल श्रेष्ठ र दीप कार्की र डिफेन्डर दिलेन लोक्तामबाहेक डिफेन्डरद्वय विकास खवास र छिरिङ गुरुङले नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरे ।

यी दुईबाहेक एरिक विष्ट, सेसेहाङ आङदेम्बे, दर्शन गुरुङ र पुजन उपरकोटीले पनि राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाए ।

तस्बिरः एन्फा

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ