Rumpum Advertisement
Dazzu

बार्सिलोनामा आरोपबाट थकित मेस्सी

बार्सिलोनामा आरोपबाट थकित मेस्सी

विराटनगर, ४ मंसिर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफू आरोपबाट थकित भएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनाबाट स्पेन फर्किनेक्रममा ईएल प्राट विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मेस्सीले आफू बार्सिलोनामा आरोपबाट थकित भएको जनाएका हुन् ।

३३ वर्षीय मेस्सीले बार्सिलोनाका प्रत्येक असफलतामा आफूलाई भागिदार बनाएको भन्दै ब्यापक असन्तुष्टि जनाए । बार्सिलोनाको असफलतामा सधैं आफूलाई आरोप लाग्ने उल्लेख गर्दै क्लबमा आरोपबाट आफू थकित भएको बताए ।

यसैगरी मेस्सीले सहकर्मी एन्टोइन ग्रिजम्यानका एजेन्ट इरिक ओल्हाट्सको भनाइप्रति असन्तुष्टि जनाए । ‘जे कुरामा पनि सधैं मैमाथि आरोप लाग्छन्, म यस्ता कुराले थकित भइसकेको छु,’ मेस्सीले भनेका छन् ।

ओल्हाट्सले अघिल्लो साता मेस्सीका कारण बार्सिलोनामा ग्रिजम्यानको जीवनमा कठिनाइ भएको आरोप लगाएका थिए । यस्तै उनले मेस्सी बार्सिलोनाको समस्याको जडका रूपमा रहेको उल्लेख गरेका थिए ।

‘क्लबमा सबैले मलाई उनीहरूको समस्याको कारण बताइरहेका छन् । यसबाट म निराश छु,’ मेस्सीले भने ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ