Rumpum Advertisement
Dazzu

बिरालोको म्याउँलाई मान्छेको भाषामा अनुवाद गरिदिने एप निर्माण

बिरालोको म्याउँलाई मान्छेको भाषामा अनुवाद गरिदिने एप निर्माण

विराटनगर, ४ मंसिर । बिरालोले गरेको म्याउँलाई मान्छेको भाषामा अनुवाद गरिदिने एप निर्माण भएको छ ।

एमेजन–एलेक्साका एक पूर्वइन्जिनियरले ‘म्याउटक’ नामक एप निर्माण गरेका छन् । जसले बिरालोको आवाजलाई रेकर्ड गरेर त्यसको अर्थ थाहा पाउने प्रयत्न गर्छ । एपमा भएको प्रविधिले बिरालोको आवाजलाई तुरुन्त अनुवाद गर्छ र मानिसको आवाजमा बोल्छ । अध्ययनका अनुसार मानवको जस्तो बिरालोको एउटै साझा भाषा भने हुँदैन ।

बिरालाको म्याउँ आफ्नो मालिकअनुसार फरक हुन्छ । केही अरूको तुलनामा धेरै नै स्पष्ट हुन्छन् । त्यसैले बिरालाका लागि एउटै डेटाबेसको साटो उक्त एपको अनुवाद हरेक बिरालोअनुसार फरक–फरक हुने बताइएको छ । आवाज रेकर्ड गरेर त्यसलाई अंकित गरेपछि एआई र मेसिन–लर्निङ सफ्टवेअरले हरेक बिरालोको आवाजलाई राम्ररी बुझ्न सक्छ । साथै, प्रयोग बढ्दै जाँदा त्यति नै आवाज पहिचान सही हुँदै जान्छ ।

कोरोना भाइरस महामारीका कारण अधिकांश मानिस घरमा बस्नुपर्ने अवस्थ आएका हुँदा यो एप निकै आवश्यक भएको एप विकासकर्ता अक्भेलोन समूहका प्राविधिक कार्यक्रम प्रबन्धक जेभियर सान्चेजले बताएका छन् । यस एपले मानिसलाई उनीहरूको बिरालोसँग सञ्चार गर्न सामर्थ बनाउने, कम्तीमा बिरालोको इच्छा बुझ्न र महत्वपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग गर्न सक्छ । ‘म्याउटक’ एप गुगल प्ले स्टोर र एपलको एप स्टोर दुवैमा निःशुल्क उपलब्ध छ ।

हाल उक्त एपको शब्दकोषमा १३ वटा वाक्यांश छन् । त्यसमा ‘मलाई खुवाउनुस्’, ‘म रिसाएको छु’ र ‘मलाई एक्लै छाडिदिनुस्’ जस्ता वाक्यांश रहेका छन् । विकासको प्राम्भिक चरणमा रहेकाले उक्त एपबारे प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिपयले एपमा त्रुटी उत्पन्न भएको लेखेका छन् । कतिपयले चाहिँ एप मन परेको टप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ