Rumpum Advertisement

काँचो वा भिजाएको बदाम : कुन राम्रो र किन ?

काँचो वा भिजाएको बदाम : कुन राम्रो र किन ?

विराटनगर, ४ मंसिर । हाडे बदाम शरीरको लागि पोषक तत्वको मुख्य स्रोत हो ।

भिटामिन ई जस्ता पोषक तत्वमा धनी हुनुको साथै, बदाममा फाइबर, ओमेगा ३ फ्याटी एसिड, ओमेगा ६ फ्याटी एसिड र प्रोटिन भरिएको हुन्छ । यसमा रहेको प्रोटिनले लामो समयका लागि पेट भरेको जस्तो महसुस गराएर अतिरिक्त क्यालोरी सेवनबाट बचाउँछ जसकारण तौल घटाउनसमेत सहयोग पुग्छ । साथै, यसको सेवनले हड्डीहरूलाई सुदृढ पार्न र रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ ।

हाडे बदामलाई काँचै वा भिजाएर खान सकिन्छ । स्वास्थ्यको हिसाबले भिजाएर राखेको बदामको सेवन धेरै फाइदाजनक हुन्छ । एक कप पानीमा एक मुठी बदाम भिजाउनुहोस् । कपलाई छोपेर छदेखि सात घण्टासम्म बदामलाई भिज्न छोडिदिनु होस् । राम्ररी भिजिसकेपछि बोक्रा निकालेर खान सकिन्छ । वा प्लास्टिकको कन्टेनरमा पनि भण्डार गरेर पनि राख्न सकिन्छ ।

काँचो र भिजेको बदाम केवल स्वादमा फरक हुँदैन, यसले शरीरलाई प्रदान गर्ने पोषक तत्वहरूको मात्रामा पनि भिन्न हुन्छन् । काँचो बदाममा हुने खैरो तहले पोषण अवशोषणमा बाधा पुर्‍याउँछ । तर, बदामलाई भिजाउँदा यसको बाहिरी भाग निकाल्न सजिलो हुनुका साथै बदामलाई सबै पौष्टिक तत्वहरू सजिलै छोड्न अनुमति दिन्छ ।

पौष्टिकताले भरिएको र काँचो बदामभन्दा उत्तम हुनुको साथै भिजाएर बदाम खाएका हुने अन्य फाइदाहरू पनि धेरै छन् । भिजेको बदाम पाचनका लागि धेरै राम्रो मानिन्छ । तौल घटाउन सहयता गर्नुका साथै खराब कोलेस्ट्रोल कम गरी मुटुलाई स्वस्थ राख्छ । बदाममा हुने एन्टिअक्सिडेन्ट तत्वले चाँडो बुढो हुने समस्या र सुन्निने समस्यालाई रोक्छ ।

भिजेको बादाममा भिटामिन बी १७ पाइन्छ जसले क्यान्सर बिरामीलाई फाइदा हुने गर्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ