Rumpum Advertisement
Dazzu

घरमा कोरोना संक्रमण भेटिएपछि सलमान आइसोलेसनमा

घरमा कोरोना संक्रमण भेटिएपछि सलमान आइसोलेसनमा

विराटनगर, ४ मंसिर । बलिउड अभिनेता सलमान खान सेल्फ आइसोलेसनमा बसेका छन् ।

घरका तीन सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी १४ दिनका लागि सेल्फ आइसोलेसनमा बसेका हुन् । भारतीय मिडियाका अनुसार सलमानको ड्राइभर र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएकालाई बाम्बे हस्पिटलमा भर्ना गरिएको छ । सलमानले संक्रमित सबैलाई उत्तम उपचार प्रदान गर्ने कुरा निश्चित गरेका छन् ।

सलमानका ड्राइभर अशोक र दुई घरका कर्मचारी उनीसँग सम्पर्कमा आएकाले सलमान हाल कुनै लक्षण देखापर्छ कि भन्ने हेरिरहेका छन् । सम्भवतः उनी आफैंले कोभिडको परीक्षण गरिसकेको पनि हुन सक्छ । तर, हालसम्म उनको टोलीले आधिकारिकरूपमा केही पनि घोषणा गरेको छैन ।

सलमानबाहेक उनका परिवारका अन्य सदस्यहरू पनि १४ दिनका लागि एकअर्काबाट अलग्गै आइसोलेसन बस्ने भएका छन् । सलमान खान पछिल्लो समय बिग बोस १४ मा ब्यस्त छन् । उनी छिट्टै फिल्म राधेः योर मोस्ट वान्टेड भाइ र कभि इद कभि दिवालीमा देखिनेछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ