Rumpum Advertisement
Dazzu

छठ पर्वको दोस्रो दिन खरना

छठ पर्वको दोस्रो दिन खरना

विराटनगर, ४ मंसिर । श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वअन्तर्गत आज खरना गरिँदैछ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना गरिन्छ । खरनाको दिन बिहानैदेखि ब्रतालुहरु निराहार व्रत बस्छन् ।

साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुलासहितको प्रसाद चढाइन्छ र त्यही प्रसाद ब्रतालुले पनि खान्छन् । खरनाको प्रसाद ब्रतालुले खाने बेलामा बीचमा बोल्न हुँदैन ।

छठ पर्वको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै समापन गरिन्छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न तथा आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायूसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

पूर्णरूपमा साकाहारी हुने यो पर्वमा चामल र गहुँको पीठोबाट बनाइने ठेकुवा, भुसुवा, फलफूल र कसारले विशेष महत्व राख्छन् ।

सुरुमा मिथिलाञ्चलमा मात्र मनाउने यो पर्व पछिल्लो समय अन्य जाति एवम् राजधानीलगायत पहाडमा पनि मनाउन थालिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ