Rumpum Advertisement
Dazzu

अण्डकोषको दुखाइ पनि कोभिड १९ को लक्षण हुनसक्ने दावी

अण्डकोषको दुखाइ पनि कोभिड १९ को लक्षण हुनसक्ने दावी

विराटनगर, ४ मंसिर । अण्डकोषको दुखाइ पनि कोभिड १९ को लक्षण हुनसक्ने दावी गरिएको छ ।

टर्कीका ४९ वर्षका एक व्यक्तिमा अण्डकोषको दुखाइबाहेक कोरोनाका अन्य कुनै लक्षण नदेखिए पनि भाइसको संक्रमण देखिएपछि डाक्टरहरूले यस्तो दावी गरेका हुन् । बाँयापट्टिको अण्डकोष सुन्निएको र दुखेको महसुस गरेपछि उक्त व्यक्ति अस्पतालमा उपचारका लागि गएका थिए । उनलाई रुघाखोकी वा उच्च तापक्रमजस्ता कोरोना भाइरसका कुनै पनि लक्षण देखा परेको थिएन ।

उनी कोरोना भाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका कारण डाक्टरहरूले उनको स्वाब परीक्षण गरेका थिए । परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण भएको देखियो । उनको शरीरमा यौनरोगको समेत कुनै लक्षण देखिएको हुँदा अण्डकोषको दुखाइ उक्त व्यक्तिमा संक्रमणको पहिलो लक्षण हुनसक्ने डाक्टरले आशंका गरेका छन् ।

कोभिडको संक्रमण हुँदा कतिजनालाई अण्डकोषमा पीडा हुन्छ भनेर पर्याप्त जानकारी नभए पनि चीनमा गरिएको एक सानो शोधमा यो समस्या साधारण भएको र प्रत्येक पाँचमध्ये एक संक्रमितमा अण्डकोषमा समस्या देखिने बताइएको छ ।

शुक्रकिट उत्पादन गर्ने अण्डकोषसम्म कोरोना भाइरस पुग्नसक्ने र यसले दीर्घकालीन क्षति पुर्‍याउने हो कि भन्नेबारे चिन्ता उत्पन्न भएको ।

निकै कम प्रमाण भेटिएका कारण बीर्यबाट कोरोना भाइरस सर्ने कुरालाई कुनै पनि शोधले हालसम्म पुष्टि गरिसकेको छैन । ती व्यक्ति बिरामी नभए पनि कोभिडको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई पाँच दिनका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको थियो । साथै ब्याक्टेरियाको संक्रमणलाई कम गर्न उनलाई एजिथ्रोमाइसिन र इमिपेनेमरसिलास्ट्याटिन नामको दुईवटा एन्टिबायोटिक दिइएको थियो ।

उनलाई संक्रमणको कुनै लक्षण नदेखिए पनि डाक्टरले उक्त औषधि चलाएका थिए । उपचारको दोस्रो दिनमा ती व्यक्तिमा अण्डकोष दुख्न कम भएको बताइएको छ । तर उनी २४ दिनको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए । कोरोना भाइरसका कारण अण्डकोश क्षेत्रमा दुखाइ रिपोर्ट गरिएको पहिलो पटक भने होइन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ