Rumpum Advertisement
Dazzu

कोभिड १९ खोपसँग सम्बन्धित बेवास्ता गर्नुपर्ने पाँच भ्रम

कोभिड १९ खोपसँग सम्बन्धित बेवास्ता गर्नुपर्ने पाँच भ्रम

विराटनगर, ४ मंसिर । कोरोना भाइरसको संक्रमण वृद्धिसँगै मानिस विभिन्न भ्रमको शिकारसमेत भइरहेका छन् ।

वैज्ञानिक, अनुसन्धानकर्ता तथा चिकित्सा क्षेत्रमा रहेका सबैले बिरामीको उपचार गर्न र भाइरसको जोखिम गर्न क्लिनिकली स्वीकृत खोपको विकास गर्न कडा मेहनत गरिरहेका छन् । तर, मानिसहरू खोपसम्बन्धी भ्रम पालिरहेका छन् । कोभिड १९ खोपसँग सम्बन्धित पाँच भ्रम र तथ्य यस प्रकार छन् ।

भ्रम : सन् २०२० को अन्त्यसम्म सबैलाई खोप दिइनेछ ।

तथ्य ः कोरोना भाइरसको प्रकोपपछि वैज्ञानिक तथा चिकित्सा अनुसन्धानकर्ताले सम्भव उपचार वा खोपको विकासमा सफतला हासिल गर्न अथक प्रयास गरिरहेका छन् । खोपको विकासमा सफलतासमेत हासिल भइरहे पनि सन् २०२० को अन्त्यसम्म सबैलाई खोप उपलब्ध हुन सक्ने जस्तो देखिँदैन ।

भ्रम : कोभिडको खोप सुरक्षित हुँदैन ।

तथ्य : कोरोना भाइरसका लागि विकास गरिएको खोप प्रयोगको लागि सुरक्षित हुँदैन भन्ने अधिकांशले सोचिरहेका छन् । तर, खोप सुरक्षित भएको प्रमाणित नभएसम्म यो सार्वजनिक समुदायलाई उपलब्ध गरिने छैन ।

भ्रम : खोप विकास प्रक्रिया हतारमा भइरहेको छ ।

तथ्य : वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू खोप विकास गर्न दिनरात मेहनत गरिरहेका छन् । सम्भावित उपचारको आवश्यकतामा पनि छिटो नै चाहिएको छ । खोप विकास द्रुत गतिमा भए पनि यो हतारमा तयार गरिएको भन्ने होइन । धेरैजसो खोप विकास गर्न वर्षौं लाग्छ । तर, कोरोना भाइरस खोपको विषयमा धेरै ठूला कम्पनी, सरकार र अनुसन्धान टोलीले सुरक्षित र द्रुत उपचार सुनिश्चित गर्न सहयोग गरिरहेका छन् ।

भ्रम : खोपले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ ।

तथ्य : खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई घातक रोगजनकको पहिचान गर्न मद्दत गर्छ र तिनीहरूलाई यसविरूद्ध लड्न सक्षम गर्छ । खोपले कुनै पनि हिसाबले प्रतिरक्षा प्रणालीलाई कमजोर वा ओभरलोड गर्दैन ।

भ्रम : खोपले कोरोना भाइरसको अन्त्य सुनिश्चित गर्छ ।

तथ्य : खोपले सबैलाई निको पारेर महामारी समाप्त गर्छ भन्ने विश्वास राखिएको छ भने यो एकदम गलत हो । खोप परीक्षणको प्रक्रियामा अझै जारी रहेको हुँदा सम्भावित खोप सबैलाई उपलब्ध हुन केही समय लिन सक्छ । साथै, कोरोना भाइरस उत्परिवर्तन हुन सक्ने धेरै सम्भावना रहन सक्ने हुँदा खोपको प्रभाव समयसँगै कम हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ