Rumpum Advertisement
Dazzu

धरानमा २९ वर्षीय संक्रमित महिलाको मृत्यु

धरानमा २९ वर्षीय संक्रमित महिलाको मृत्यु

विराटनगर, ४ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ की २९ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

कात्तिक २७ गते कोरोना पोजेटिभ देखिएकी महिला कात्तिक ३० गते वीपी प्रतिष्ठानमा भर्ना भएकी थिइन् । महिलामा मृगौलाको समस्या थियो । उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ