Rumpum Advertisement
Dazzu

नोबेलमा इटहरीका संक्रमितको मृत्यु

नोबेलमा इटहरीका संक्रमितको मृत्यु

विराटनगर, ४ मंसिर । विराटनगरको नोबेल मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

१ मंसिरमा भर्ना भएका सुनसरी इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसिरहेका वृद्धको स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बिहीबार बिहान ६ः३० बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकमा स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ