Rumpum Advertisement
Dazzu

इमरान खानले अभिनय छाड्ने

इमरान खानले अभिनय छाड्ने

विराटनगर, ४ मंसिर । बलिउड अभिनेता इमरान खानले अभिनय छाड्ने निर्णय लिएको बताइएको छ ।

लामो समयदेखि अभिनयबाट टाढा रहेका उनले अब फिल्ममा अभिनय नगर्ने इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले जानकारी दिएका हुन् । एक अन्तर्वार्तामा अक्षयले इमरान खानले अभिनय छाड्ने फैसला लिएको बताएका छन् । अक्षयका अनुसार, इमरान अहिले अभिनयबाहेक अन्य अरू विकल्प खोजिरहेका छन् ।

उनले फिल्म निर्देशन वा लेखन गर्न सक्ने अक्षयले संकेत दिएका छन् । इमरानको फिल्मी करिअरको कुरा गर्ने हो भने उनले सन् २००८ मा ‘जाने तू जाने ना’ मार्फत् बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले किडन्याप, लक, आई हेट लभ स्टोरी, मेरे ब्रदरकी दुल्हन, एक मे और एक तु, मट्रुकी बिजलिका मन्डोला जस्ता फिल्ममा पनि काम गरेका छन् ।

उनी अभिनित फिल्म देली बेली र वान्स अपन ए टाइम इन मुम्बाइ दोबारालाई दर्शकले निकै रुचाएका थिए । उनी पछिल्लो पटक सन् २०१५मा फिल्म ‘कट्टी बट्टी’ मा देखिएका थिए ।