Rumpum Advertisement
Dazzu

सन्दीप होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

सन्दीप होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

विराटनगर, ४ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पीनर सन्दीप लामिछानेले लगातार तेस्रो पटक अष्ट्रेलियन बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् ।

होबर्ट हुरिकेन्स बीबीएलका लागि सन्दीपलाई अनुबन्ध गरेसँगै उनले सो टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको हो ।

होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको हो । यद्यपि, उसले सम्झौता रकम भने खुलाएको छैन ।

सन्दीपले त्यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । नयाँ सिजनको बीबीएल आगामी १० डिसेम्बरबाट सुरु हुनेछ ।

https://twitter.com/HurricanesBBL/status/1329198591932387331?s=20

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ