Rumpum Advertisement
Dazzu

इटाली नेशन्स लिगको सेमिफाइनलमा

इटाली नेशन्स लिगको सेमिफाइनलमा

विराटनगर, ४ मंसिर । इटालीले यूईएफए नेशन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बोस्निया एन्ड हर्जगोबिनामाथि २–० गोलको जित निकाल्दै इटाली सेमिफाइनल प्रवेश गरेको हो ।

बोस्नियाको मैदानमा इटालीलाई जिताउन आन्द्रे बेलोट्टी र डोमिनिको बेरार्डीले समान १–१ गोल गरे । खेलको २२औं मिनेटमा बेलोट्टीले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

६८औं मिनेटमा बेरार्डीले गोल गरेपछि इटालीले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

इटालीले ६ खेलबाट १२ अंक जोड्यो । बोस्निया भने २ अंकका साथ पुछारमा रह्यो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ