Rumpum Advertisement
Dazzu

कोरोनाका कारण एकै दिन १० हजार बढीको मृत्यु

कोरोनाका कारण एकै दिन १० हजार बढीको मृत्यु

विराटनगर, ४ मंसिर । विश्वमा कोरोना भाइरस सक्रमणका कारण एकै दिन १० हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार सात सय ६२ जनाको ज्यान गएसँगै विश्वमा मृत्यु हुने संक्रमितको संख्या १३ लाख ५३ हजार आठ सय ३२ पुगेको छ । विश्वमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका बेला केही दिन यता दैनिक मृत्यु हुने संक्रमितको संख्या बढिरहेको छ । कोरोनाले विश्वलाईनै आक्रान्त पारिरहे पनि अहिलेसम्म यसविरुद्धको खोप पत्ता लाग्न सकेको छैन ।

विश्वमा हालसम्म संक्रमितको संख्या पाँच करोड ६५ लाख ३६ हजार तीन सय ८५ पुगेको छ । एकै दिन पाँच लाख ९६ हजार नौ सय १३ नयाँ संक्रमित थपिए । संक्रमितमध्ये तीन करोड ९३ लाख १५ हजार चार सय ७८ जना उपचारपछि घर फर्किएका छन् । एक करोड ५८ लाख ६७ हजार ७५ जना उपचाररत रहेकोमा एक लाख एक हजार ९४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७१ जना संक्रमितले ज्यान गुमाएका छन् । एकै दिन मृत्यु भएको संख्या केही दिन यताको उच्च हो । अमेरिकामा हालसम्म दुई लाख ५६ हजार एक सय ६९ संक्रमितले ज्यान गुमाए ।

एकै दिन एक लाख ६४ हजार नौ सय ४६ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या एक करोड १८ लाख ६५ हजार ४१ पुगेको छ । संक्रमितमध्ये ७१ लाख ५४ हजार ६५ जनाको उपचार सम्भव भएको छ । ४४ लाख ५४ हजार आठ सय सात जना उपचाररत रहेकोमा २१ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा एकै दिन पाँच सय ८७ संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या एक लाख ३१ हजार छ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ हजार चार सय ३९ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ८९ लाख ५८ हजार एक सय ४३ पुगेको छ ।

संक्रमितमध्ये ८३ लाख ८१ हजार सात सय ७० जनाको उपचार सफल भएको छ । चार लाख ४४ हजार सात सय ५५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा सात सय ५४ जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या एक लाख ६७ हजार चार सय ९७ पुगेको छ । एकै दिन ३५ हजार छ सय ४५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५९ लाख ४७ हजार चार सय तीन पुगेको छ ।

संक्रमितमध्ये ५३ लाख ८९ हजार आठ सय ६३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको हुँदै घर फर्किएका छन् । तीन लाख ९० हजार ४३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ