Rumpum Advertisement
Dazzu

किशोर प्रधान र चन्द्र ढकालले चुनावमा मिलेर जानुको विकल्प छैन : भवानी राणा

किशोर प्रधान र चन्द्र ढकालले चुनावमा मिलेर जानुको विकल्प छैन : भवानी राणा

काठमाडाैं, ३ मंसिर । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् ।

दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताएकी हुन् ।

अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अट्नुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् ।

आफूले एकपटक फेरि दुवै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्नेसमेत उनले बताइन् ।

‘अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रूपमा देख्छु । दुई जना नै महासंघमा अट्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरूसँग सहमतिको लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सकिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेकी छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ,’ उनले भनिन् । 

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्रप्रासद ढकालले आ–आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ