Rumpum Advertisement
Dazzu

अध्यक्ष केसी कोरोनामुक्त हुँदै घर फर्किए

अध्यक्ष केसी कोरोनामुक्त हुँदै घर फर्किए

काठमाडौं, ३ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना भाइरस संक्रमणमुक्त हुँदै घर फर्किएका छन् । अध्यक्ष केसी मंगलबार कोरोनामुक्त भइ मेडिसिटी अस्पताल, ललितपुरबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी सुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लेख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।

निमोनिया र कोरोना सङ्क्रमण भएपछि उनी २५ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ