Rumpum Advertisement

सरकारले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने

सरकारले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने

काठमाडौं, ३ मंसिर । सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै कोरोना महामारीका कारण विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले मन्त्रालयले १३ मंसिरभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएका हुन् ।

पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ ।

उनले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण संकलन गर्न थालिएको बताए ।

विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको-अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ