Rumpum Advertisement

दुर्घटनामा परेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो : दुईजनाको मृत्यु, दुई घाइते

दुर्घटनामा परेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो : दुईजनाको मृत्यु, दुई घाइते

विराटनगर, ३ मंसिर । झापाको बिर्तामोडमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका– ६ स्थीत पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन ।

बुधबार विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को अन टेष्ट लेखिएको मोटरसाईकल ठक्कर खाई अनियन्त्रित भएका दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अनटेष्ट लेखिएको मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते छन् । उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ