Rumpum Advertisement
Dazzu

संक्रमितको उपचार गर्न न्युरोमा ४० बेड थपिँदै, कोरोना जाँचको रिपोर्ट ६ घण्टामा

संक्रमितको उपचार गर्न न्युरोमा ४० बेड थपिँदै, कोरोना जाँचको रिपोर्ट ६ घण्टामा

विराटनगर, ३ मंसिर । विराटनगरको न्यूरो अस्पतालले कोरोना अस्पताललाई थप बिस्तार गर्ने तयारी गरेको छ ।

जनरल, आइसियू र भेण्टीलेटरसहित ५१ बेडको कोभिड १९ अस्पताल सञ्चालन गरिरहेको न्यूरोले विरामीको चाप बढेपछि ४० बेड थप गर्ने तयारी गरेको हो ।

कोरोना महामारी फैलिएपछि न्यूरो अस्पतालले ११ भदौंबाट कोभिड अस्पताल सञ्चालन सुरु गरेको थियो । निजी स्तरबाट सञ्चालनमा आएको न्यूरोमा ४२ वटा जनरल बेड, ७ वटा आइसियु र २ वटा भेन्टिलेटर बेड छन् ।

अस्पताललाई थप विस्तार गर्ने योजना रहेको अस्पतालका कार्यकारी निर्देशक अनिशा बिष्टले बताइन् । लक्षणसहितका संक्रमित बढेका कारण अस्पताल बिस्तार गर्न लागिएको उनले बताइन् । उनले २० बेड आइसियू र २० बेडको एचडियी बेड थप गर्न लागिएको बताइन् ।

छ घण्टामा पीसीआर रिपोर्ट

न्यूरो अस्पताले पीसीआर जाँचको सुविधा पनि ल्याएको छ । ११ असोजबाट पीसीआर ल्याब सञ्चालनमा ल्याएको हो । सो ल्याबबाट कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने अस्पताल प्रशासनको दाबि छ ।

अस्पतालले प्रदेश सरकारसँग सहकार्यमा २४ भदौंबाट कोरोनाको उपचार निशुल्क उपचार सुरु गरेको थियो । तर सरकारले हात उठाएपछि २ कात्तिकबाट शूल्क लिएर उपचार गरिरहेको छ ।

अस्पतालमा हालसम्म २२४ जना बिरामी भर्ना भई उपचार गरिएको र १८१ जना निको भई डिस्चार्ज भएका छन् । भर्ना भएका मध्ये गम्भिर अवस्थाका केही विरामीको मृत्यु भएको छ भने केही उपचारर छन् ।

न्यूरो अस्पतालमा उपचार गराई निको भएका झापा दमकका प्रबिन दाहालले समयमै दक्ष चिकित्सकले उपचार गरेका कारण आफुले नयाँ जिवन पाएको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ