Rumpum Advertisement

सुरु भयो छठ : नहरमा पानी आएन, सुनसान छन् विराटनगरका घाट (फोटो फिचर)

सुरु भयो छठ : नहरमा पानी आएन, सुनसान छन् विराटनगरका घाट (फोटो फिचर)

विराटनगर, ३ मंसिर । तिहरलगत्तै सुरु हुने छठ पूजाको लागि खोला, पोखरी श्रृंगार गर्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भएपनि विराटनगरका घाटहरू सुनसान छन् ।

कोभिड–१९ संक्रमण फैलँदो अवस्थामा रहेको अवस्थामा श्रद्धालु भक्तहरूले घर–घरमै पूजाको तयारी गरिरहेका छन् ।

विगतका वर्षमा जस्तो यो वर्ष घाटमा चहलपहल छैन । महामारी संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रूपमा चाडपर्व मनाउन अनुरोध गरेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काका अनुसार सर्वसाधारणले घरमै बसेर छठ मनाउने तयारी गरेका छन् ।

फैलँदो संक्रमणको कारण श्रद्धालुहरूले पनि घर–घर पूजापाठको तयारी गरिरहेको जनाएका छन् ।

छठ पर्व मनाउनका लागि सधैँ सुनसरी-मोरङ सिचाइँ आयोजनाको नहरमा पानी छाडिन्थ्ये । तर यो पटक भने नहरमा पानी आएको छैन ।

स्थानीय प्रशासनले पानी नछाड्न सुनसरी-मोरङ सिचाइँ आयोजनालाई आग्रह गरेको थियो । तर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार धान काट्ने सिजन भएकाले तत्काल पानी नछाड्न सर्वसाधारणले नै आयोजनालाई आग्रह गरेका छन् ।

भीडभाड गर्दा सक्रमणको जोखिम उच्च हुने भएकोले अर्घ्य दिन मात्र घाटमा जाने तयरी गरिरहेका छन् । आस्था र विश्वासको पर्व छठ अहिलेको अवस्थामा सुरक्षित रूपमा घरमा मनाउनु सबैको हितमा छ ।

शब्द/तस्बिर : यज्ञ अधिकारी

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ