Rumpum Advertisement
Dazzu

अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित

अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित

विराटनगर ३ मंसिर । मोरङ उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जना मनोनित भएका छन् ।

प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टीकाकुमारी भट्टराई र विशाल आङदेम्वेलाई मनोनित गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईंले जानकारी दिए ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मनोनित सदस्यहरूलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे ।

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीत निर्णयले सदस्य मनोनित गरेको मन्त्रालयका उपसचिव चौलगाईंले बताए ।

प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ ।

व्यवस्थापन समितिमा संवन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग वाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ