Rumpum Advertisement
Dazzu

बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापक उपाध्यायलाई कोरोना संक्रमण

बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापक उपाध्यायलाई कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यायलाई कोरोना संक्रमण भएकाे जानकारी दिएका हुन् ।

उपाध्याय हाल बंगलादेशमा रहेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष शेर्पाले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेका उपाध्यायलाई कोरोनाको संक्रमण भएको जनाए ।

उनका अनुसार संक्रमित उपाध्याय हाल ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचाररत छन् ।

नेपाली टिम बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय फुटबलका लागि ढाका गएको हो । नेपालले घरेलु टिम बंगलादेशसँग २–० गोलले पराजित भएकाे थियो । यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेकाे थियो ।