Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा एक हजार ३८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा एक हजार ३८ संक्रमित थपिए

काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र १६८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

बुधबार थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ सय ३८ कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको छ । मन्त्रालयले बुधबार थप १२ जनाकाे मृत्यु भएकाे जानकारी दिएकाे छ ।