Rumpum Advertisement

कोरोनाबाट थप १२ जनाको मृत्यु

कोरोनाबाट थप १२ जनाको मृत्यु

विराटनगर, ३ मंसिर । नेपालमा बुधबार थप १२ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट ज्यान गएको हो ।

यससँगै मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको जनाएको छ ।

बुधबार थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ सय ३८ कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ