Rumpum Advertisement

माउथवासले ३० सेकेन्डभित्रै कोरोना भाइरस नष्ट गर्न सक्ने

माउथवासले ३० सेकेन्डभित्रै कोरोना भाइरस नष्ट गर्न सक्ने

विराटनगर, ३ मंसिर । माउथवासले ३० सेकेन्डभित्रै कोरोना भाइरस नष्ट गर्न सकिने तथ्य फेला पारेको छ ।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवासको सम्पर्कमा आएको ३० सेकेन्डभित्र कोरोना भाइरस नष्ट गर्न निकै प्रभावकारी हुने पत्ता लगाएका हुन् । कम्तिमा ०.०७ प्रतिशत सेन्टिपायरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भाइरसको प्रसारण घटाउने आशाजनक संकेत देखाएको हो ।

बेलायतको वेल्समा रहेको विश्वविद्यालयको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपछिको रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । रिपोर्टलाई सहकर्मीले समीक्षा गर्न बाँकी नै भए पनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भाइरल लोडलाई कम गर्न सहयोग गर्ने बताइएको थियो ।

डा. निक क्लेडनले उक्त अनुसन्धानपछि माउथवास अब दैनिक रुटिनको महत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् । स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनका अनुसार हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग जस्तै माउथवास पनि दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ ।

कार्डिफको विश्वविद्यालय अस्पताल वेल्समा माउथवासले बिरामीको र्‍यालमा कोरोना भाइरस कम गर्न सक्छ कि भनेर पत्ता लगाउन क्लिनिकल परीक्षण जारी रहेको छ । निष्कर्ष २०२१ को सुरूमा प्रकाशित हुने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ