Rumpum Advertisement
Dazzu

बुधबार १४ सय ४२ संक्रमित थपिए

बुधबार १४ सय ४२ संक्रमित थपिए

विराटनगर, ३ मंसिर । नेपालमा बुधबार थप १४ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ सय ३८ कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको छ । मन्त्रालयले बुधबार थप १२ जनाकाे मृत्यु भएकाे जानकारी दिएकाे छ ।