Rumpum Advertisement
Dazzu

चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा सफल

चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा सफल

विराटनगर, ३ मंसिर । कोभिड १९ विरुद्धको चिनियाँ खोपले दोस्रो चरणका परीक्षणमा सफलताको संकेत दिएको छ ।

सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपलाई ७ सयजना मानिसमा परीक्षण गर्दा तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको बताइएको छ । वैज्ञानिक जर्नल द ल्यान्सेटमा प्रकाशित परिणामअनुसार सिनोभ्याकको कोरोनाभ्याक खोपले मानव शरीरमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया जनाउन सकेको थियो ।

प्रतिवेदनका लेखक झु फेङचाइका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरिएको परीक्षणमा आधारमा उक्त खोप ‘आपतकालीन अवस्थामा प्रयोग गर्न योग्य’ रहेको मान्न सकिन्छ । हाल उक्त खोपको जारी ठूलो स्तरको तेस्रो चरणको परीक्षणका तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

नोभेम्बर महिनाको आरम्भतिर झण्डै ६० हजारजनाले एउटा खोप लगाइसकेका छन् । गत हप्ता ब्रजिलमा सिनोभ्याक बायोटेक खोपको परीक्षण केही समयका लागि रोकिएको थियो । तर, परीक्षणमा संलग्न एक स्वयंसेवीको मृत्युको सम्बन्ध खोपसँग रहेको नदेखिएपछि परीक्षण पुनः सञ्चालन गरिएको छ । चीनमा हालसम्म विकास गरिएका चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

ती चार चिनियाँ खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इन्डोनेसिया र ब्रजिलमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ